ए डिभिजन लिगः न्यूरोडमाथि फ्रेन्ड्सको जित

काठमाडौंः सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्यूरोड टिममाथि जित हात पारेको छ । दशौं चरणको अन्तिम खेलको अन्त्यतिर गोल गर्दै फ्रेन्ड्सले न्यूरोडमाथि २–० को जित हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जन र वार्नर डी कार्मोले गोल गर्दै एनआरटीमाथि २–० को जित हात पार्न सफल भयो । साउलो डी अक्किनोको लामो पासमा नवीन गुरुङले छिचोल्न नसक्दा ब्याक पासमा सञ्जोगले गर्नुभएको प्रहार गोलमा परिणत भयो ।

याे पनि पढ्नुस  ए डिभिजन लिग: संकटामाथि मनाङको सहज जित

७८ औं मिनेटमा सञ्जोगले गोल गर्दा फ्रेन्ड्स महत्वपूर्ण खेलमा अग्रता बनायो । ८० औं मिनेटमा कार्मोले एकल प्रयासमा गोल गर्नुहुँदै फ्रेन्ड्सको अग्रतालाई दोब्बर पारे ।

जितसँगै १४ अङ्क पुर्याएको फ्रेन्ड्स च्यासल युथ क्लबलाई पछि पार्दै नवौं स्थानमा उक्लेको छ । आठौं स्थानको नेपाल पुलिसको सामान १४ अङ्क नै छ । एन आर टी १५ अङ्कसहित सातौं स्थानमा छ ।

याे पनि पढ्नुस  ए डिभिजन लिग: सङ्कटालाई पराजित गर्दै थ्रीस्टार तेस्रो स्थानमा

११ औं चरणको खेलहरु बिहीबारबाट सुरु हुनेछन् ।

कमेन्ट गर्नुहोस्