फारवेष्ट कपः स्टार सिटी र पिएफए अत्तरिया सेमिफाइनलमा

धनगढीः पाँचौ हाइलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलवारदेखि क्वाटरफाईनलका खेलहरु शुरू भएका छन् ।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भइरहेको पाचौं संस्करणको हाइलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ अन्तर्गत मंगलवार भएका क्वाटरफाईनलमा जित हात पार्दै स्टार सिटी युवा क्लब र पिएफए अत्तरिया सेमिफानलमा पुगेका छन् ।

मंगलवारको पहिलो खेलमा स्टार सिटीले कैलारी युथ युनाईटेडलाई ७–० को फराकिलो अन्तरले हरायो । स्टार सिटीको सानदार जितमा विक्रम सिंहले दोहोरो ह्याट्रिक गरे । उनले पहिलो हाफको ६ औं, ९ औं अतिरिक्त समयको एक मिनेटमा गोल गरे ।

याे पनि पढ्नुस  प्रायोजक अभावले सर्‍यो फारवेष्ट पशुपति कप, अब माघ १० गतेदेखि

दोस्रो हाफको ९ औं, १४ औं र २७ औं मिनेटमा गोल गर्दै उनले दोहोरो ह्याट्रिक पुरा गरे । स्टार सिटीका लागि चेतन कठायतले पहिलो हाफको २५ औं मिनेटमा एक गोल गरे । स्टार सिटी सामु फितलो प्रदर्शन गरेको कैलारी युथ युनाईटेडले कुनै गोल फर्काउन सकेन् ।

मंगलवारको दोस्रो खेलमा पिएफए अत्तरियाले नवोवुद्ध युवा क्लबलाई २–१ ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १२ औं मिनेटमा पिएफएका लागि अजित गुरुङले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यो अग्रता दुई मिनेटभन्दा पनि वढी टिकेन् । नवोवुद्धका लागि राजकुमार तामाङले १४ औं मिनेटमा गोल फर्काए । खेल वरावरी भएको अवस्थामा पहिलो हाफको ३८ औं मिनेटमा पिएफएले पेनाल्टी पायो ।

याे पनि पढ्नुस  स्टार सिटी फारवेष्ट पशुपति कपको फाइनल प्रवेश

डिवक्सभित्र ह्यान्ड भएप्छि पाईएको पेनाल्टीलाई पिएफएका अजित तामाङले गोलमा परिणत गरे । दोस्रो हाफमा दुवै टीमले गोल गर्ने दर्जनौ प्रयासहरु सफल हुन नसक्दा पिएफएले २–१ को जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनायो ।

प्रतियोगिता अन्तर्गत बुधबार क्वाटरफाइनलका दुई खेल हुनेछन् । पहिलो क्वाटरफाईनलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र नवदुर्गा युवा क्लब तथा दोस्रो क्वाटरफाईनलमा नेपालगंज–११ र मनकामना युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

याे पनि पढ्नुस  सुदूरपश्चिम–११ फारवेष्ट कपको फाइनलमा, उपाधिका लागि स्टार सिटीसँग भिडन्त

माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।

कमेन्ट गर्नुहोस्