काठमाडौंः चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन प्रा.लिको सम्बन्धन खारेज गरिएको छ ।
समयमै संस्था नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणबाट २०६६ साल माघ १९ गते सात जिल्लामा टेलिफोन सेवा सञ्चालनका लागि अनुमति पाएको सीजीको सम्बन्धन खारेज गरिएको हो । यसअघि प्राधिकरणले नवीकरणका लागि पटक–पटक तोकेता गरेको थियो ।
प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषदमा दिएको पुनरावेदन सुनुवाइ नभएपछि प्राधिकरणले सबै प्रक्रिया पूरा गरेर मंगलबार खारेजीको सूचना निकालेको हो ।