आकाशमै बच्चा जन्मिएपछि विमानलाई आकस्मिक अवतरण!

एजेन्सीः मंलबार दोहाबाट बैंककका लागि उडानमा रहँदा एक थाई महिलाले बच्चालाई जन्मदिएकी छिन् ।

कतार एअरवेजको विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा ती महिलाले बिहान करिब तीन बजे बच्चालाई जन्म दिएकी हुन् ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई भारतको कलाकाता नै आकस्मिक अवतरण गरेको बताइएको छ ।

याे पनि पढ्नुस  बच्चालाई कसरी बनाउने अनुशासित?

विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकातास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्