वडाध्यक्ष धामीको हत्याको छानबिनको माग गर्दै विनायक बजार बन्द

अछामः पञ्चदेवल नगरपालिकाका वडाध्यक्ष पदमबहादुर धामीको हत्याको निष्पक्ष छानबिनको माग गर्दै विनायक बजार बन्द गरिएको छ।

मृतकका आफन्तले बुधबार बिहानैदेखि बजार बन्द गराएका हुन्। बजारमा यातायातका साधन र पसलहरु बन्द छन्। सडकमा टायर बालेर प्रदर्शन गरिएको छ। वडा नम्बर २ का वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझेका छैनन्।

याे पनि पढ्नुस  खुर्पाले काटेर हत्या गरेपछि टाउकाे बाेकेर चाैकीमा

उनीहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाएका छन्।

कमेन्ट गर्नुहोस्