भारतको दोस्रो विकेट पतन, यस्तो रह्यो पृथ्वी र मयंकको डेब्यू म्याच

काठमाडौंः न्यूजिल्याण्डसँगको एकविदसीय क्रिकेट सिरिजको पहिलो म्याचमा भारतले दोस्रो विकेट गुमाएको छ । भारतले दोस्रो विकेटका रुपमा ओपनर मंयक अग्रवाललाई ८.४ ओभरमा गुमाएको हो ।

वानडेमा मयंकको यो डेब्यू म्याच हो । उनले आफ्नो डेब्यू म्याचमा ६ चौकाको मद्दतमा ३१ बलमा ३२ रन बनाए । चौका प्रहार गर्ने धुनमा उनी टिम साउथीको बलमा क्याच आउटको सिकार भएका हुन् ।

याे पनि पढ्नुस  वानडे सिरिजः शिखरको स्थानमा पृथ्वीले पाए मौका

यसअघि भारतले पहिलो विकेट ५० रन बनाउँदा गुमायो । उसले पहिलो विकेटका रुपमा ओपनर पृथ्वी शालाई २० रनमा गुमाउन पुग्यो । उनले आफ्नो वानडे डेब्यू म्याचमा २१ बलमा ३ चौकासहित २० रन बनाए ।

पृथ्वीलाई ७ ओभरको अन्तिम बलमा कोलीन डीग्रान्डहोमले विकेटकीपर टम लाथमको हातबाट क्याच आउट गराए । सिरिजको पहिलो खेलमा भारतले टस हारेर ब्याटिङको मौका पाएको हो ।

याे पनि पढ्नुस  ‘क्रिकेट मेरी आमा हुन्, ठूलो गल्ती भयो’– पृथ्वी शा

भारत न्यूजिल्याण्डसँगको पाँच खेलको टी–२० सिरिज ‘क्लिन स्विप’ गरेपछि एकविदसीय सिरिज खेल्न लागेको हो । भारत–न्यूजिल्याण्डको आजको खेलमा अनुभवी ब्याट्सम्यान रोहित शर्मा र केन विलियम्सन छैनन् । रोहितले चोटका कारण सिरिज नै गुमाएका छन् । विलियम्सनले भने सिरिजको २ खेलमा मात्र चोटका कारण विश्राम लिएका छन् ।

न्यूजिल्याण्ड टीमको प्लेइङ ११ः मार्टिन गुप्टिल, हेनरी निकोल, टम ब्लन्डेल, रस टेलर, टम लाथम (कप्तान, विकेटकीपर) जिमी नीशम, कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी र हमीश बेनेट ।

याे पनि पढ्नुस  भारतीय क्रिकेटर पृथ्वीमाथि ८ महिना प्रतिवन्ध

भारतीय टीमको प्लेइङ ११ः मयंक अग्रवाल, पृथ्वी शा, विराट कोहली (कप्तान), श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), केदार जाधव, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्