जातीय विभेद अन्त्य गर्न बैतडीमा वनारसी जात्रा सम्पन्‍न, दलित पुजारी–गैरदलित श्रद्धालु

बैतडीः निकै लामो परिवर्तनकारी संघर्षको नतिजाका रुपमा अहिले देशभर जाती व्यवस्थामा गाडिएको विभेदको जरो क्रमशः उप्कँदै गएको छ। तर बैतडीको प्रसिद्ध वनारसी धाममा भने बर्षौंदेखि यस्तो जात्रा लाग्छ–जहाँ दलित र गैरदलितको विभेदकारी विभाजन कहीँ देखिँदैन। पाटन नगरपालिका ३ मा पर्ने वनारसी धाममा यसपटक पनि यस्तो विभेदलाई माथ गर्ने जात्रा सम्पन्न भएको छ।

हरेक बर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा यसपटक पनि दलितका पुजारी थिए। उनै पुजारीले गैरदलितलाई मन्दिरको प्रसाद दिए। प्रसाद पाउनेहरुले मन खोलेर हाँसीखुशी ग्रहण गरे। दलित समुदायका पूजारी रहेको सो मन्दिरमा हरेक समुदायका नागरिकले सहभागिता जनाउने गर्दछन् । वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए।

याे पनि पढ्नुस  अपडेटः भारतले नेपाल आउन दिएन झुलाघाटका अलपत्र नेपालीलाई, परराष्ट्रको पहल आवश्यक

यो मन्दिरमा सबै समुदायका दर्शनार्थीहरु जाने र दलित समुदायका पूजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको छ। वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किम्बदन्ती अनुसार वनारसीलाई शक्तिशाली देवताको रुपमा लिने गरिएको छ।

याे पनि पढ्नुस  बैतडीमा जिप पल्टिँदा प्रहरी जवानको मृत्यु

जात्रामा हजारौं दर्शनार्थीहरुले वनारसी धामको दर्शन गरेका पत्रकार वसन्त बिष्टले जानकारी दिए। यसैबीच वनारसी धामलाई विश्वनाथ धामको रुपमा विकास गर्ने काम समेत शुरु भएको छ। वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्गको रुपमा रहेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए।

मानसखण्ड पूराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको कुरा उल्लेख भएको र पौराणि सरयु अर्थात सुर्नया नदीको किनारमा रहेको वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उनले जानकारी दिए। विश्वनाथ धामको विकासका लागि मन्दिर निर्माणको काम जारी रहेको विश्वनाथ मन्दिर निर्माण समितिका अध्यक्ष धनीदत्त भट्टले बताए।

कमेन्ट गर्नुहोस्