राजधानीका यी स्थानमा आज दिनभर बत्ती जाने

काठमाडौंः चक्रपथ विस्तारका लागी रुख कटानको कार्य भैरहेकाले राजधानीका यी स्थानमा आज दिनभर बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

महाराजगंज वितरण केन्द्रको धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन आज बिहान ७ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सुचना जारी गर्दै उक्त फिडर अन्तर्गत बसुन्धारा, श्रीटोल, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायतका क्षेत्रमा बत्ती जाने जनाएको हो।

प्राधिकरणको अनुसार रुख कटान कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै विद्युत आपुर्ति हुनेछ।

कमेन्ट गर्नुहोस्