त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपाल पराजित

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान विरुद्धको खेलमा घरेलु टोली नेपाल १८ रनले पराजित भएको छ । ओमानले दिएको १ सय ९८ रनको मध्य लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि शरद भेषवाकरले ५५, दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २८ र विनाद भण्डारीले २६ रन बनाए । यस्तै पारस खड्काले ३, कप्तान ज्ञानेन्द्र मल्लले १, सुशन भारी, अविनाश बोहराले ८–८ र आरिफ शेखले ६ रन बनाए । ओमानविरुद्ध रोहितकुमार पौडेल र करन केसीले भने खाता खोल्न सकेनन् ।

याे पनि पढ्नुस  ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्ने, २ खेलाडीको डेब्यू

बलिङमा ओमान टीमका कप्तान जीशान मक्सूदले ३, कलीमुल्लाह, बिलाल खानले २–२, मोहम्मद नदीम, खावर अलि, अकिब इलियास र ले एक–एक विकेट लिए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो । उसका लागि मोहम्मद नदीमले अर्धशतक बनाए । उनले ९६ बलमा ५ चौका र ‍२ छक्काको मद्दतमा अविजित ६९ रनको योगदान दिए ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः अमेरिकालाई ओमानले दियो २७७ रनको लक्ष्य

यस्तै सन्दीप गौडले ३३, नसीम खुशीले २८, कप्तान जीशान मक्सूदले २०, अकब इलियासले २० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा नेपाली टीमका करन केसीले ४, सुशन भारीले ३ र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । जारी प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल शनिबार अमेरिकाविरुद्ध खेल्ने छ ।

कमेन्ट गर्नुहोस्