टी–२० क्रिकेटः एकै ओभरमा धेरै रन दिने ४ क्रिकेटर!

काठमाडौंः टी–२० क्रिकेट निकै रोमाञ्चक प्रारुप हो । यो प्रारुपमा टेष्ट र वानडेभन्दा बढी चौका–छक्काको मजा लिन पाइन्छ । २० ओभरको यो क्रिकेट प्रारुप पछिल्लो समय झनै चर्चित बन्न पुगेको छ । यही छोटो प्रारुपमा धेरै क्रिकेटरले निरन्तर विभिन्न कीर्तिमान पनि बनाइरहेका छन् ।

टी–२० मा कसैले सकारात्मक त कुनै क्रिकेटरले नकारात्मक रेकर्ड बनाइरहेका छन् । यसैबीच आज टी–२० क्रिकेटमा खराब कीर्तिमान बनाउने खेलाडीको बारेमा चर्चा गर्दैछौं । आज अन्तर्राष्ट्रिय टी–२० मा एकै ओभरमा सर्बाधिक रन दिने ४ क्रिकेटरको बारेमा जानकारी दिँदैछौं ।
१. स्टुअर्ट ब्राडः यो सूचीको शीर्ष स्थानमा इंग्ल्याण्ड क्रिकेट टीमका स्टार बलर स्टुअर्ट ब्राडको नाम आउँछ । विश्व क्रिकेटमा उनी चर्चित मानिन्छन् । पछिल्लो समय टेष्ट क्रिकेटमा व्यस्त ब्राड उत्कृष्ट प्रदर्शन पनि गरिरहेका छन् । यी नै स्टार बलरको नाममा एक खराब कीर्तिमान पनि छ । ब्राडले २००७ को टी–२० विश्वकपमा भारत विरुद्धको खेलमा आफ्नो नाममा नकारात्मक कीर्तिमान बनाउन पुगे । उनले उक्त खेलमा एकै ओभरमा ६ छक्का दिँदै खराब कीर्तिमान बनाएका हुन् ।

याे पनि पढ्नुस  सन्दीपले बनाए नयाँ कीर्तिमान, तोडियो पाकिस्तानी क्रिकेटरको रेकर्ड

भारतसँगको सो खेलमा ब्राड खेलको अन्तिम ओभरमा बलिङ गर्न आएका थिए । उनको उक्त ओभरमा भारतीय विस्फोटक ब्याट्सम्यान युवराज सिंहले ६ बलमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाए ।

२. शिबम दुबेः भारतीय क्रिकेट टीमका युवा अलाउन्डर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सर्बाधिक रन दिने दोस्रो खेलाडी भएका छन् । उनले हालै न्यूजिल्याण्डसँगको टी–२० सिरिजको अन्तिम म्याचमा एकै ओभरमा धेरै रन दिन पुगे । खेलको १० ओभरमा बलिङ गर्न आएका दुबेले आफ्नो पहिलो ओभरमै बिनाविकेट ३४ रन दिन पुगे । उनले आफ्नो पहिलो ओभरमा ४ छक्का र २ चौका खर्चिए । दुबेले सन् २०१९ मा बंगलादेशविरुद्ध डेब्यू गरेका थिए ।

याे पनि पढ्नुस  सन्दीपलाई आज इतिहास रच्ने मौका, पूरा गर्न सक्लान् सपना?

३. इजतुल्लाह दौलतजाईः सन् २०१२ मा भएको आइसीसी टी–२० विश्वकपको छैठौं म्याचमा अफगानिस्तानले इंग्ल्याण्डसँग खेलेको थियो । यो म्याचमा अफगानिस्तानका फास्ट बलर इजतुल्लाह दौलतजाई निकै महँगा सावित भएका थिए । उनले आफ्नो तेस्रो ओभरमा ३ छक्कासहित ३२ रन खर्चिन पुगे ।

दौलतजाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सर्बाधिक रन दिने सूचीमा तेस्रो स्थानमा आउँछन् । इंग्ल्याण्डसँगको यो खेलमा उनले ३ ओभरमा एक विकेटसहित ५६ रन खर्चिएका थिए । यो खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई १ सय १६ रनले हराएको थियो ।

याे पनि पढ्नुस  ६६ रनमै रोकियो थाइल्याण्ड, हासिल गर्ला नेपाल फराकिलो जित?

४. वेन पार्नेलः यो सूचीको चौथो स्थानमा दक्षिण अफ्रिका क्रिकेटर वेन पार्नेलको नाम आउँछ । उनले २०१२ मा भएको इंग्ल्याण्डसँगको टी–२० सिरिजमा एकै ओभरमा अत्यधिक रन खर्चिएका थिए । उनले इंग्ल्याण्डसँगको तीन म्याचको सिरिजको अन्तिम खेलमा एकै ओभरमा ३२ रन दिएका थिए ।

पार्नेलले आफ्नो दोस्रो ओभरमा ३ छक्का र २ चौकासहित ३२ रन खर्चिन पुगे । उनले आफ्नो यो ओभरमा २ पटक ‘नो बल’ फ्याकेका थिए । उनकै महँगो ओभरको कारण यो म्याचमा इंग्ल्याण्डविरुद्ध दक्षिण २८ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्