काठमाडौंः नेपाली क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नै कमजोरीका कारण त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग हारेको बताएका छन् ।
खेल सकिएपद्धि कप्तान मल्लले भने, ‘हामीले बलिङमा अन्तिमतिर ४ ओभरमा अली धेरै रन दियौं । त्यसलाई अल कम गर्न सकिन्थ्यो । दोस्रो इनिङ्समा हामीले राम्रो शुरुवात दिन सकेनौं । तर हामीले पार्टनरसिप गरेर राम्रो गरे पनि चाँडै ३ विकेट गयो । मेरो विचारमा त्यसले गर्दा खेल हातबाट टाढा गयो ।’ मल्लले शरद र विनोद हुँदासम्म पनि आश रहेको तर उनीहरुको विकेट गएपछि गाह्रो भएको बताए ।
नेपालको शुरुवात ज्ञानेन्द्र र पारसले गरे पनि दुवै खेलाडी नेपालको स्कोर ४ हुँदा आउट भइसकेका थिए । उनले दुई खेलाडीले राम्रो गर्न गर्न सकेको भए तलसम्म सोच्नु नपर्ने बताए । ‘यदि हामीले राम्रो शुरुवात दिन सक्यौं भने यस्तो अवस्था फेरि आउँदैन र हामीले सकारात्मक भएर सोच्नुपर्छ’ मल्लले भने ।
नेपालले शुरुमा कसिलो बलिङ गर्दै ओमानको ५७ रन हुँदा ५ विकेट लिए पनि त्यसपछि ओमानले सम्हालिएर खेलेको थियो । त्यो पार्टनरसिप तोड्न नेपाललाई समय लाग्यो । पछि पार्टनरसिप तोडे पनि ओमानी पछिल्लो क्रमका खेलाडीले राम्रो ब्याटिङ गर्द १९७ स्को बनाउन सफल भयो ।
ओमानी खेलाडीको अनुभवको कारणले पछिसम्म ब्याटिङ गर्दै राम्रो स्कोर बनाएको ज्ञानेन्द्रले बताए । नदिम लगायत उनीहरुको अनुभवले राम्रो गर्यो । उनीहरुको ब्याटिङपनि तलसम्मै थियो, मल्लले भने । मल्लले अब यस खेलका कमजोरी सुधार गर्दै अर्को खेलमा राम्रो खेल्नुपर्ने बताए ।
‘अर्को खेलमा हार भन्दा पनि राम्रो खेल्ने सोच्नुपर्छ । जित्नका लागि सोच्नुपर्छ । सकारात्मक सोच्नुपर्छ’ मल्लले भने, ‘हामीले आज राम्रो बलिङ गर्यौं, त्यसमा अलिकति सुधार गर्नुपर्छ । ब्याटिङमा खास गरेर अगाडि देखि राम्रो गर्न सक्यौं भने राम्रो हुन्छ ।’ आगामी खेलमा राम्रो प्रदर्शन गर्ने उनले बताए । सिरिजको पहिलो खेलमा ओमानविरुद्ध नेपाल १८ रनले पराजित भएको छ । नेपालले आफ्नो दोस्रो म्याच शनिबार अेमरिकासँग खेल्ने छ ।