पहिलो वानडे म्याचमा भारतीय टिमलाई जरिवाना

काठमाडौंः न्यूजिल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा भारतीय टीममाथि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जरिवाना लगाएको छ । ‘स्लो ओभर रेट’मा बलिङ गरेको भन्दै भारतीय टीमलाई आइसीसीले खेलको ८० प्रतिशत म्याच फि जरिवाना लगाएको हो ।

आइसीसीको आचार संहिता अन्तर्गत दुई दशमलव दुईमा आधारित भएर भारतमाथि सो जरिवाना लगाइएको हो । आइसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई पनि २० प्रतिशत जरिवाना लगाएको छ ।

टीमका कप्तान विराट कोहलीले पनि गल्तीलाई स्विकार्दै जरिवाना तिर्न तयार रहेको बताएका छन् । न्यूजिल्याण्डसँगको टी–२० सिरिजको चौथो र पाँचौ खेलमा पनि आइसीसीले भारतीय टीमलाई ‘स्लो ओभर रेट’ का कारण जरिवाना लगाएको छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियाको पहिलो विकेट पतन, चलेन आज वार्नरको ब्याट

सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड ४ विकेटले पराजित

भारतसँगको एकविदसीय क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्ड ४ विकेटले विजयी भएको छ । भारतले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य न्यूजिल्याण्डले ४८.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि रस टेलरले अविजित १०९, हेनरी निकोलशले ७८, कप्तान टम लाथमले ६९, मार्टिन गुप्टिलले ३२ रन बनाए । बलिङमा भारतीय टीमका कुलदीप यादवले २, मोहम्मद शामी र शार्दुल ठाकुरले एकएक विकेट लिए ।

याे पनि पढ्नुस  इंग्ल्याण्डले दियो अष्ट्रेलियालाई ३०३ रनको लक्ष्य, बेयरिस्टोको शतक

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४७ रन बनायो । उसका लागि श्रेयस अय्यर र केएल राहूलले शानदार ब्याटिङ गरे । युवा ब्याट्सम्यान अय्यरले आज १०७ बलमा ११ चौका र १ छक्का हिर्काउँदै १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अय्यरको यो पहिलो शतक हो ।

याे पनि पढ्नुस  वानडे सिरिजः भारतले सस्तैमा गुमायो पहिलो विकेट

यस्तै केएल राहूलले ६ छक्का र ३ चौका प्रहार गर्दै अविजित ८६ रनको योगदान दिए । कप्तान विराट कोहलीले ५१, मयंक अग्रवालले ३२, पृथ्वी शाले २० र केदार जाधवले अविजित २४ रन बनाए । बलिङमा न्यूजिल्याण्ड टीमका टिम साउथीले २, इश सोधी र कोलिन डीग्रान्डहोमले एक–एक विकेट लिए । आजको जितसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ । भारत र न्यूजिल्याण्डबीचको दोस्रो वानडे शनिबार हुनेछ ।

कमेन्ट गर्नुहोस्