अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौंः नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो ।

याे पनि पढ्नुस  ठाउँ–ठाउँमा अराजक गतिविधि बढेको देखियोः अध्यक्ष प्रचण्ड

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए । प्रचण्डले भने, ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’ भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताए ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्डद्वारा गरिब, मजदूर र असहायलाई राहत र सहयोग गर्न सरकार तथा नीजि क्षेत्रसँग अपील

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरेकी थिइन् । उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन् ।

कमेन्ट गर्नुहोस्