आजको सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।

बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । बुधबार ७४ हजार ९ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्य तोकिएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज स्थिर छ । बिहिबार चाँदी प्रतितोला ८ सय ७५ रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्