त्रिकोणात्मक सिरिजः अमेरिकाले दियो ओमानलाई २१४ रनको लक्ष्य

काठमाडौंः विश्वकप क्रिकेट लिग–२ को कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा अमेरिकन टीमले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो ।

उसका लागि इयान हल्यान्डले राम्रो ब्याटिङ गरे । उनले ७८ बलमा ७ चौकाको मद्दतमा ६५ रनको योगदान दिए । यस्तै अक्षय होमराजले ४४, मोनाक पटेलले १९, तमिल पटेलले १६, जेभियर मार्शलले १३, सौरभ नेत्रवलकर अविजित १४, आरोन जोन्सले १२ र रस्टी थेरनले १० रन बनाए । बलिङमा ओमान टीमका मोहम्मद नदीमले ३, जीशान मक्सूद, बिलाल खान, अकिब इलियासले २–२ र कलीमुल्लाहले एक विकेट लिए ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध आज नेपाललाई बदला लिने मौका

ओमान र अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पहिलो पटक एकअर्काविरुद्ध खेलिरहेका हुन् । लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले ८ खेलबाट १२ अङ्क बनाएको छ । ओमान सात खेलमा १० अङ्क बनाउँदै दोस्रो स्थानमा छ । यो खेलमा ओमानले अमेरिकालाई हराएमा अङ्क बराबरी गर्ने मौका पाउनेछ ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः शरदको स्थानमा सुवासलाई मौका

बुधबार भएको खेलमा नेपाललाई १८ रनले हराएको ओमानलाई अमेरिकासँगको खेलमा केही सहज महसुस हुनेछ । नेपाल र ओमानको खेल राम्रोसँग नियाल्ने मौका पाएको अमेरिकाले भने ओमानको कमजोरी र बलियो पक्ष राम्रोसँग केलाउने मौका पाएको छ । त्यसै अनुरुप अमेरिकाले तयारी पनि गरेको छ ।

याे पनि पढ्नुस  ३१ रन बनाउँदा अमेरिकाले गुमायो ८ विकेट, सन्दीप र सुशनको घातक बलिङ

८ खेलबाट ६ जित हात पारेको अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । जारी प्रतियोगितामा पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको छ । नेपालले आफ्नो दोस्रो म्याच शनिबार अमेरिकाविरुद्ध खेल्ने छ ।

कमेन्ट गर्नुहोस्