कञ्चनपुरः कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद नर बहादुर धामीले सुदूरपश्चिमले पहिलोपटक सक्षम मन्त्री पाएको बताएका छन् ।
झलारीको स्टेशनपुरमा आयोजित राष्ट्रिपति रनिङ शिल्डको उद्घाटनका क्रममा सम्बोधन गर्दै सांसद धामीले सुदूरपश्चिमबाट धेरै व्यक्ति मन्त्री तथा प्रधानमन्त्री समेत बनेको भएपनि जनताको भावना बुझ्ने र साँचो अर्थमा मुक्तिको सपना देख्दै आएको योद्धा मन्त्री बनेकोले आशावादी बनेको बताएका हुन ।
‘जनताको मुक्तिका लागि ज्यान हत्केलामा राखेर जनयुद्धमा होमिएका योद्धा हामीले अहिले मन्त्रीका रुपमा पाएको छौं’, धामीले भने, ‘सुदूरपश्चिमको भावना र विकासको हुटहुटी बुझ्ने वहाँ मात्रै एकजना मन्त्री हो । अब सुदूरपश्चिमको विकास हुन्छ भने त्यो लेखराज भट्टको पहलबाट मात्रै हुन्छ, हामी निकै आशावादी छौं ।’
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका सांसद महेश जोशीले अव्यवस्थित बसोबासलगायत अन्य कतिपय समस्या हल गर्न मन्त्री भट्ट निकै गम्भीर भएको बताए ।
मन्त्री भट्ट औद्योगिक क्षेत्रको अनुगमनका लागि आज कञ्चनपुर पुगेका हुन् ।