ए डिभिजन लिगः शसस्त्रलाई हराउँदै आर्मी शिर्ष स्थानमा

काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लब विजयी भएको छ । जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीवार भएको खेलमा विभागीय प्रतिद्वन्द्व शसस्त्र प्रहरी बललाई आर्मीले २–१ गोलले हरायो । आर्मीका दुवै गोल सन्तोष तामाङले गरे । खेलमा सुरुवाती अग्रता शसस्त्र प्रहरीले लिएपनि सन्तोषले आर्मीलाई खेलमा फर्काएका थिए ।

याे पनि पढ्नुस  ‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै

आर्मीको ११ खेलबाट २६ अंक भएको छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ११ खेलबाट २५ अंक छ ।

दुवै टोलीले अब समान दुई खेल खेल्न बाँकी छ । आर्मीले दुवै खेल जिते उपाधि पक्का गर्ने छ । अन्य अवस्थामा मच्छिन्द्रको नतिजामा निर्भर रहन्छ ।

याे पनि पढ्नुस  ए डिभिजन लिग मंसिर २८ बाट हुने

शहिद स्मारक लिगको विसं. २०१४ सालमा आयोजित चौंथो संस्करण जितेयता आर्मीले यो प्रतियोगिता जित्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्