स्टार सिटी फारवेष्ट पशुपति कपको फाइनल प्रवेश

धनगढीः स्टार सिटी युवा क्लब पाँचौ हाइलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा जित हात पार्दै स्टार सिटी फाइनल पुगेको हो । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा स्टार सिटीले मनकामना युवा क्लबलाई ३–२ ले हराएर उपाधि नजिक पुगेको हो ।

शुक्रवारको निकै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा स्टार सिटी र मनकामनाले पहिलो हाफ वरावरीमा खेले । दुवै टीमले दर्जनौं गोल गर्ने मौका पाउँदा पनि वललाई गोलपोष्टको दिशा दिन सकेनन् । विदेशी खेलाडीसहित मैदान उत्रिएको स्टार सिटीले पहिलो हाफमा मनकामनाभन्दा वढी गोल गर्ने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन् ।

याे पनि पढ्नुस  फारवेष्ट कपः मंगलवारदेखि क्वाटरफाइनलका खेलहरु शुरू हुने

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको दुई मिनेटमा मनकामनाले गोल गर्दै खेलमा अग्रता लियो । मनकामनाका आशिष श्रेष्ठले मैदानको दायाँ साइडबाट दिएको पासलाई डिबक्स भित्र रहेका कृजल खड्काले गोल गरे ।

त्यसको ९ मिनेटपछि स्टार सिटीले गोल गर्दै खेल वरावरीमा ल्यायो । दोस्रो हाफको ११ औं मिनेटमा कप्तान कुवेर सिंहले मैदानको बायाँ साइडवाट दिएको पासलाई सदुपयोग गर्दै विक्रम सिंहले गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा स्टार सिटीले खेलमा अग्रता लियो । मनकामनाले फल गरेपछि स्टार सिटीले पाएको फ्रिकिकलाई राकेश हमालले प्रहार गर्दा गोलरक्षक सलन अधिकारीको हातवाट छुटेको वललाई कप्तान कुवेर सिंहले गोल गरे ।

याे पनि पढ्नुस  सुदूरपश्चिम–११ फारवेष्ट कपको फाइनलमा, उपाधिका लागि स्टार सिटीसँग भिडन्त

दोस्रो हाफको २८ औं मिनेटमा स्टार सिटीले अग्रतालाई ३–१ मा पुरायो । मनकामनाका आशिष श्रेष्ठले स्टार सिटीका कमल देउवालाई फल गरेपछि पाएको फ्रिकिकलाई राकेश हमालले गोल गरे । उनले हानेको प्रहार गोलरक्षक सलन अधिकारीले थाहा नपाउने गरी गोल भयो । दोस्रो हाफको ईन्जुरी समयको ४ मिनेटमा गोल गर्दै मनकामनाले गोल अन्तरलाई ३–२ को स्थितिमा ल्यायो ।

मनकामनाका सतिश सुवालले हानेको प्रहारलाई स्टार सिटीका गोल रक्षक प्रियम खड्काले रोक्दा फर्किएको वललाई गोलपोष्टको दिशा दिए । त्यसपछि कुनै टीमवाट गोल हुन नसकेपछि स्टार सिटी जित हात पार्दै फाईनल पुगेको हो ।

याे पनि पढ्नुस  फारवेष्ट पशुपति कपः अत्तरिया र मनकामना विजयी

स्टार सिटीले उपाधिका लागि सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरिया बीचको विजेतासँग भिड्ने छ । दोस्रो सेमिफाईनल खेल शुक्रवार धनगढी रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।

कमेन्ट गर्नुहोस्