चीनमा कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या ५६० पुग्यो, उपचारमा संलग्न डाक्टरको पनि मृत्यु

काठमाडौंः चीनमा कोरोना भाइसबारे चेतावनी दिने एक चिकित्सकको मृत्यु भएको छ । चीनको वुहान प्रान्तको आपतकालीन उपचार केन्द्रमा कार्यरत चिकित्सक ली वेनलिङको भाइरसकै कारण मृत्यु भएको बताइएको छ ।

उनले सहकर्मीहरुलाई यसअघि नै भाइरसको प्रकोपको बारेमा बताउँदा अफवाह फैलाएको भन्दै प्रशासनले चेतावनीसमेत दिएको बताइएको छ ।

याे पनि पढ्नुस  कोरोनाभाइरस संक्रमणः चीनको वुहानमा हृदयाघातले मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

नेत्र रोग विशेषज्ञ लीले यसअघि २००३ मा फैलिएको सार्सजस्तै कोरोना भाइरसबाट महामारी फैलनसक्ने बताएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृत्युमा दुःख व्यक्त गरेको छ । संगठनले एक ट्वीट गर्दै उनको निधनमा निकै दुखी भएको बताएको छ।

डाक्टर ली वेनलियान्गले गएको ३० डिसेम्बरमा एक च्याट ग्रुपमा साथी डाक्टरहरुलाई सन्देश पठाएर यो भाइरसबारे जानकारी दिएका थिए। डाक्टर ली वेनलियान्गले आफ्ना साथी डाक्टरहरुलाई यो भाइरसबाट बच्न विशेष कपडा लगाउन चेतावनी दिएका थिए।

याे पनि पढ्नुस  चीन–नेपाल र भारत जोड्ने सबैभन्दा छोटो नाका ओझेलमा

यता चीनको सरकारी निकायले भाइरसका कारण ५६० जनाको मृत्यु भएको जनाएको छ । भाइरसबाट २८ हजारभन्दा बढी प्रभावित भएको बीबीसीेले उल्लेख गरेको छ ।

यसैबीच चीनले प्रकोप नियन्त्रणका लागि अझै प्रतिबन्धात्मक उपायहरु अपनाइरहेको जनाएको छ ।

प्रशासनले विभिन्न सार्वजनिक समारोहमा सहभागी हुन प्रतिवन्ध लगाइएको छ भने सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पनि रोक लगाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्