त्रिकोणात्मक सिरिजः शरदको स्थानमा सुवासलाई मौका

काठमाडौंः नेपाली टीमका अनुभवी ब्याट्सम्यान शरद भेषवाकरको स्थानमा आइसीसी विश्वकप–२ को त्रिकोणात्मक सिरिजका बाँकी खेलमा विकेटकीपर–ब्याट्सम्यान सुवास खकुरेलले मौका पाएका छन् । बायाँ हिपको मांशपेशी दुखाइका कारण शरदले बाँकी खेल गुमाएपछि उनको स्थानमा सुवासले टोलीमा मौका पाएका हुन् ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी सिरिजको पहिलो खेलमा ओमानविरुद्ध शरदले ५५ रन बनाएका थिए । खेल सकिएपछि एक्सरे गर्दा चिकित्सकबाट आराम गर्नुपर्ने सल्लाह पाएपछि उनले सिरिजका बाँकी खेल गुमाएका हुन् । नेपालले सिरिजको दोस्रो खेलमा शनिबार अमेरिकी टीमको सामना गर्दैछ ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपाललाई आज बदला लिने मौका, सम्भावित प्लेइङ ११

चोटका कारण लामो समयपछि नेपाली टीममा फर्किएका सुवासले केही दिनअघि अमेरिकासँगको अभ्यास म्याचमा अविजित ५२ रन बनाएका थिए । एक समयका उत्कृष्ट ओपनरका रुपमा परिचय बनाएका उनलाई फेरि आफूलाई प्रमाणित गर्ने मौका मिलेको छ । गत वर्ष ४ सेप्टेम्बरमा एसिया कप क्वालिफायरमा अन्तिम म्याच खेलेका सुवास त्यसयता चोटका कारण विश्राम गरिरहेका थिए ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध करनले लिए पहिलो ओभरमै विकेट

 

शरद टोलीबाट बाहिरएसँगै अमेरिकाविरुद्ध नेपालको ओपनिङ सुवास र कप्तान ज्ञानेन्द्र मल्लले गर्ने सम्भावना बढेको छ । सिरिजको पहिलो खेलमा ओमानविरुद्ध पारस र ज्ञानेन्द्रले ओपनिङ गरेका थिए । उक्त खेलमा मल्ल १ र खड्का ३ रनमै आउट हुँदा नेपाल १८ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्