क्वाटरफाइनलबाटै बाहिरियो बार्सिलोना

एजेन्सीः स्पेनिस कोपा डेल रे फुटबलको सर्वाधिक विजेता टोली बार्सिलोना यो सिजन क्वाटरफाइनल बाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बिल्बाओ आत्मघाति गोलको सहयोगमा जित निकालेको थियो । जितसँगै बिल्बाओले सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो हाफ बार्सिलोनासँग गोल रहित बराबरी खेलेको बिल्बाओले दोस्रो हाफमा गोल गर्न आत्मघाति गोल उपहार पाएको हो ।

याे पनि पढ्नुस  प्रियंकाको फोटो शेयर गर्दै बार्सिलोनाले लेख्यो 'वि लभ नेपाल'

बिल्बाओले सर्जियो बुस्केटले गरेको आत्मघाति गोलबाट जित निकालेको हो । खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेपनि जित भने निकाल्न सकेन् ।

प्रतियोगिता अन्तर्गत बिहीबारनै भएको खेलमा मिरान्डसले भिल्लारियललाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

कमेन्ट गर्नुहोस्