आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौं: बजारमा साताको छैटौँ दिन आज शुक्रबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर घटेको छ । साताको सोमबार थोरै बढेको विनिमयदर त्यसपछि भने लगातार ओरालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २१ पैसा रहेको छ ।

याे पनि पढ्नुस  मौद्रिक नीति बुधबार आउने सम्भावना, बिहानैदेखि राष्ट्र बैंक संचालक समिति बैठक

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ २९ पैसा र बिक्रिदर १ सय ४८पैयाँ ७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

याे पनि पढ्नुस  बचत गर्ने बानीको विकास गर्न सनराइज बैंकको नयाँ योजना

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्