काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अख्तियारले पाएको अख्तियार आफैंले दुरूपयोग गरेको आरोप लगाएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक पनि कांग्रेसले अवरूद्व गरेको थियो । सो क्रममा बोल्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाएको अख्तियार आफैंले दुरूपयोग गरेको बताए । उनले अख्तियारले गरेकोे निर्णयका कारण काठमाडौंसँगै मुलुक नै तातिएको बताए ।
उनले भने, ‘हाम्रो नेतामाथि नियोजित र प्रपञ्च रचेर मुद्दा लगाइयो, अख्तियार सरकारको छाँया बनेको छ । आफ्नालाई बोक्ने र अरूलाई ठोक्ने काम भएको छ ।’
कांग्रेसले बैठकमा अवरोध गर्दा आज आधा घण्टाका लागि स्थगित भएको छ ।