आइपीएलः यी ३ क्रिकेटर, जो सर्बाधिक ‘स्ट्राइक रेट’मा रन बनाउँछन्

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को मिति नजिकिँदै छ । विश्वकै लोकप्रिय क्रिकेट लिग आइपीएलको आसन्न संस्करण २९ मार्चदेखि सुरु हुनेछ । हरेक संस्करण झैं योपटकको आइपीएल रोमाञ्चक हुने अनुमान गरिएको छ । विश्व चर्चित क्रिकेटरको भिडन्त हुने भएकाले आइपीएलको रमाइलो बेग्लै हुन्छ ।

आइपीएलमै गरेको प्रदर्शनका कारण कयौं खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने मौका पनि पाएका छन् । यसैबीच आज आइपीएलमा सर्बाधिक स्ट्राइक रेटका खेल्ने तीन भारतीय क्रिकेटरकोे चर्चा गर्दैछौं ।

याे पनि पढ्नुस  मुम्बईविरुद्ध चेन्नई ५ विकेटले विजयी

३. हार्दिक पाण्ड्याः भारतीय क्रिकेट टीमका अलराउन्डर हार्दिक मुम्बई इन्डियन्सबाट आइपीएल खेल्छन् । उनी सन् २०१५ देखि मुम्बईबाट आइपीएल खेलिरहेका हुन् । हार्दिकले हालसम्म मुम्बईबाट ६६ म्याचमा २८.८६ को औसतमा १ हजार ६८ रन बनाएका छन् । उनले मुम्बईका लागि अहिलेसम्म १५४.७८ को स्ट्राइक रेटमा ३ अर्धशतक बनाएका छन् । हार्दिक आइपीएलमा सर्बाधिक स्ट्राइक रेटमा रन बनाउने तेस्रो भारतीय क्रिकेटर हुन् । ब्याटिङसँगै उनले मुम्बईका लागि ६६ म्याचमा ४२ विकेट पनि लिएका छन् ।

याे पनि पढ्नुस  आइपीएल : शतक नबनाउँदै दिल्लीले गुमायो महत्वपूर्ण ५ विकेट

२. वीरेन्द्र सहवागः सन् २००८ देखि २०१५ सम्म आइपीएल खेलेका सहवाग विस्फोटक क्याट्सम्यानका रुपमा चिनिन्छन् । उनले तत्कालिन दिल्ली डेयरडेविल्स र किंग्स इलावेन पन्जाबबाट जम्मा १०४ म्याच खेलेका थिए । सहवागले आइपीएलमा २७.५५ को औसतमा २ हजार ७ सय २८ रन बनाएका छन् । यी सबै रन उनले १५५.४४ को स्ट्राइक रेटमा बनाएका हुन् । सहवाग आइपीएलमा सर्बाधिक स्ट्राइक रेटमा रन बनाउने दोस्रो भारतीय क्रिकेटर हुन् ।

याे पनि पढ्नुस  आइपीएलः मुम्बईले किन्यो ८ करोडमा यी फास्ट बलर

१. ऋषभ पन्तः ऋषभ विस्फोटक ब्याट्सम्यानका रुपमा चिनिन्छन् । सन् २०१६ देखि आइपीएल खेलिरहेका उनले आफ्नो विस्फोटक ब्याटिङकै कारण भारतीय टीममा पनि मौका पाउन सफल भए । पन्तले दिल्लीका लागि ५४ म्याचमा ३६.१६ को औसतमा १ हजार ७ सय ३६ रन बनाएका छन् । गत सिजनसम्म आइपीएलमा ऋषभको १६२.६९ को स्ट्राइक रेट थियो । उनी आइपीएलमा सर्बाधिक स्ट्राइक रेटका साथ ब्याटिङ गर्ने पहिलो भारतीय खेलाडी हुन् । –एजेन्सी

 

कमेन्ट गर्नुहोस्