ढुंगाले हानेर हत्या, त्यसपछि लिङ्ग काटेर आगो लगाइयो!

झापाः झापाको बिर्तामोड–२ स्थित चारपानेमा गत माघ २० गते भएको विभत्स हत्या मादक सेवनका कारण भएको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन मार्फत हत्याको आरोपमा पक्राउ गरिएका दुई जनालाई सार्वजनिक गर्दै उक्त रहस्य खुलासा भएको हो ।

घटना सामान्य विवादका कारण भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण तिम्सिनाले बताए ।

हत्या आरोपमा पक्राउ गरिएका जिल्लाको बिर्तामोड नपा–२ चारपाने निवासी बर्ष २० का करण चौधरी र सोही स्थानका बर्ष बर्षए २८ का लक्ष्मण यादवको बयानबाट उक्त कुरा बाहिर आएको जनाइएको छ ।

याे पनि पढ्नुस  टिपरको ठक्करबाट साइकलयात्रीको ज्यान गयो

उनीहरु तीनै जनाले २० गते साँझ चारपानेकै एक होटलमा रक्सी सेवन गर्दा विवाद भएको थियो । विवाद भएपछि चौधरी र यादव भनाभनपछि बाहिर निस्किएर गएको प्रहरीको भनाइ छ ।

केही समय पछि फर्केर आउदा समेत मृतक भारतको अररिया जिल्लाको हसन महोल्ला निवासी बर्ष ४० को सुवास शेख त्यही रक्सी खाइरहेका थिए । त्यही भएपछि पुन बिबाद भएपछि हातहालाहाल भयो । दुबैजना मिलेर शेखलाई ढुङ्गा इट्टाले हानेर घाइते बनाइ लडाएका थिए ।

याे पनि पढ्नुस  २० वर्षीया छाेरीकाे गाेली हानी हत्या

यसरी लडेर शक्त घाइते भएर बेहोसभएपछि शेखको चाँडै मृत्यु होस भनेर उसको लिङ्ग काटेको प्रहरीको बयानमा आरोपी चौधरी र यादवले स्वीकार गरेका छन् । यसरी आक्रमण गरिएका शेखको मृत्यु भएपछि अपराध लुकाउन नजिकैको परालभित्र हालेर आगो लगाएको बताएका छन् ।

उनीहरुबीचमा कुनै पुरानो रिसिवी नभएको र अचानक होटलमा मादक पदार्थ सेवन गरी वादविवाद भएपछि अपराधको घटना भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनामा सम्लग्नलाई तत्काल नै पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानबाट आरोपितले घटना स्वीकार गरेका प्रसस्त प्रमाण समेत फेला परेकाले घटनाको बिषयमा सार्वजनिक गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा ८ प्रहरीको हत्या

उनीहरुको साथबाट लिङ्ग काट्न प्रयोग गरिएको चक्कु, चुरोट, मोवाइल लगायतका सामानसमेत बरामद गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्