पूर्व भूमिसुधारमन्त्री जोशी भन्छन्, ‘धरौटी राख्ने मसँग सम्पत्ति छैन, जेलमै मर्न पनि सक्छु’

ललिता निवास जग्गा प्रकरण

काठमाडौंः राजनीतिज्ञ तथा पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नचिताएको आरोप लगाइएको बताएका छन् ।

जीवनमा कहिल्यै नचिताएको यत्रो आरोप लागेको भोलिपल्ट बिहानै उनको निवास पुग्दा केही शुभेच्छुकबीच पूर्वमन्त्री जोशी दिक्दार मुद्रामा बसिरहेका थिए। ‘त्यत्रो पैसा मैले जीवनमा देखेको पनि छैन, भ्रष्टाचार त मैले कल्पना समेत गर्न नसक्ने विषय हो’, जोशीले भने ।

याे पनि पढ्नुस  कांग्रेसको अवरोधपछि संसद बैठक आइतबारसम्म स्थगित

उक्त ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जोशीले भने, ‘अब मैले के गर्नु? जे गर्छ, अदालतले गर्छ । पैसा तिरेर वकिल राख्नसक्ने हैसियत मसँग छैन । म केही गर्न सक्दिनँ ।’ ‘यत्रो बिगो बमोजिमको धरौटी राख्ने मसँग सम्पत्ति पनि छैन । बिगो बमोजिम जेल राखियो भने मसँग जेलमै मर्नुबाहेक कुनै उपाय छैन ।’

याे पनि पढ्नुस  गच्छदारसहित १७२ जनाविरुद्ध ठगी मुद्दा, पक्राउको बाटो खुल्यो

सुदूर पश्चिमको दार्चुलामा जन्मेका जोशी लामो संघर्षपछि गरिबी छिचोलेर नेकपा (संयुक्त) को अध्यक्ष र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ४ महिना भूमिसुधार मन्त्री भएका थिए ।

कमेन्ट गर्नुहोस्