शतकपछि रस टेलर किन निकाल्छन् जिब्रो बाहिर? यस्तो छ रोचक कारण

काठमाडौंः भारतसँगको टी–२० सिरिज ५–० ले हारेपछि एकविदसीय सिरिजमा भने न्यूजिल्याण्डले उत्कृष्ट सुरुवात गरेको छ । उसले बुधबार भारतले ३ सय ४८ रनको विशाल लक्ष्य दिँदा पनि पूरा गर्न सफल भयो । यो जितमा अनुभवी ब्याट्सम्यान रस टेलर मुख्य नायक रहे । उनकै शानदार शतकमा भारतमाथि न्यूजिल्याण्डले एतिहासिक जित निकाल्न सफल भएको थियो ।

एकविदसीय क्रिकेटमा यति ठूलो विशाल लक्ष्य पूरा गरेको न्यूजिल्याण्डले पहिलो पटक हो । सिरिजको पहिलो खेलमा टेलरले ८४ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै अविजित १०९ रन बनाए । आफ्नो शानदार शतक पूरा गरेसँगै एकपटक फेरि टेलरले ‘खुसी’ व्यक्त गरेका छन् । उनी शतक बनाएपछि जिब्रो निकालेर ‘खुसी’ मनाउँछन् । आखिर किन टेलर शतकपछि दर्शकमाझ जिब्रो निकालेर ‘खुसी’ व्यक्त गर्छन् होला?

याे पनि पढ्नुस  खाना खाँदै गर्दा काँटावाला चम्चा जिब्रोमा अड्किएपछि...

शतकपछि जिब्रो निकालेर खुसी व्यक्त गर्ने टेलरको अब ‘स्टाइल’ नै भइसकेको छ । सन् २००७ मा अष्ट्रेलियाविरुद्ध उनले आफ्नो दोस्रो एकविदसीय शतक बनाएका थिए । त्यसक्रममा धेरै पटक फिल्डरले टेलरकाे ‘क्याच’ छुटाएका थिए । जब–जब ‘क्याच’ छुट्थ्यो तब उनको जिब्रो बाहिर आउँथ्यो । यस्तो देख्दा उनकी छोरी साह्रै खुसी हुन्थिन् । त्यसपछि छोरीको खुसीको लागि टेलरले हरेक शतकपछि जिब्रो निकालेर खुसी साँट्न थाले । अहिले पनि शतक बनाएपछि उनी जिब्रो निकालेर खुसी व्यक्त गर्छन् ।

याे पनि पढ्नुस  चुम्बन गर्दा जिब्रो टोकीदिए पछि...

एकविदसीय क्रिकेटमा टेलरले २२९ म्याचको २१३ इनिङ्समा ८ हजार ४ सय ८५ रन बनाएका छन् । जसमा उनको २१ शतक र ५० अर्धशतक सामेल छ । यस्तै टेष्ट क्रिकेटमा टेलरले १९ शतक र ३३ अर्धशतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले हालसम्म शतक बनाउन सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्