दिल्ली विधानसभा चुनाव अन्तर्गत मतदान हुँदै

नयाँ दिल्लीः दिल्ली विधानसभा निर्वाचन २०२० का लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ सम्म चल्नेछ।

कुल ७० सिटका लागि ६७२ उम्मेदवार चुनावी मैदानमा छन्। दिल्लीमा करिब १.४७ करोड मतदाता मध्ये करिब ६६ लाख महिला छन्।

याे पनि पढ्नुस  अब विदेशबाटै भोट हाल्न पाउने व्यवस्था मिलाइने– मन्त्री भुसाल

पछिल्लो पटक २०१५ मा विधानसभा चुनाव भएको थियो। आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो। भाजपाले तीन सिट जितेको थियो।

यस पटक पनि मुख्य प्रतिस्पर्धा भाजपा र आम आदमीबीच देखिएको छ। यद्यपि कांग्रेसले दिल्लीको नतीजा आश्चर्यजनक हुने दाबी गरेको छ।

याे पनि पढ्नुस  प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुँदै

 

कमेन्ट गर्नुहोस्