अमेरिकाविरुद्ध नेपाललाई ब्याटिङको निम्तो, कुशल मल्लको डेब्यू

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र अमेरिकाबीचको खेल बिहान ९ः३० बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुँदैछ । जारी सिरिजमा दुवै टीम पहिलो खेलमा ओमानसँग पराजित भएका छन् ।

शनिबारको खेल दुवै टीमका लागि सिरिजमा पहिलो जित दर्ता गर्ने अवसर छ । नेपाली टीमले पहिलो खेलमा ओमानविरुद्ध बलिङ राम्रो गरे पनि ब्याटिङ भने सन्तोषजनक गर्न सकेन । विगत झैं ओमानविरुद्ध पनि ब्याटिङमा नेपालको सुरुवात निकै खराब रह्यो ।

याे पनि पढ्नुस  टस जितेर अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल, प्लेइङ ११ मा को–कोले पाए मौका?

पहिलो खेलमा नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ललाई १ र पूर्वकप्तान पारस खड्कालाई ३ रनमा गुमाएको थियो । ओमान विरुद्धको कमजोर ब्याटिङलाई सुधार गर्दै नेपाल अमेरिकासँग जित निकाल्ने रणनीतिमा छ । आजको खेलमा कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्यूको मौका पाएका छन् । रोहित पौडेललाई रिप्लेस गर्दै कुशलले वानडेमा डेब्यूको मौका पाएका हुन् । यस्तै शरद भेषावकरको स्थानमा सुवास खकुरेल पनि प्लेइङ ११ मा अटाएका छन् । आजको खेलमा सुवास र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने छन् ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपालको १०० रन पूरा

अमेरिकाविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, र सन्दीप लामिछाने ।

नेपालविरुद्ध अमेरिकाः हेड टु हेड

२००८ डिभिजन ५ः शुरुको दुई खेल वर्षा कारण नो रिजल्ट, तेस्रो स्थानको खेलमा नेपाल ९६ रनले विजयी

२०१० डिभिजन ४ः वर्षाले खेल रद्ध, रिप्ले म्याचमा अमेरिका ५५ रनले विजयी

याे पनि पढ्नुस  नेपालले अमेरिकालाई हरायो, आज पनि करनको घातक बलिङ

२०१० डिभिजन ५ः लिग चरणमा अमेरिका ५ विकेटले विजयी,फाइनलमा नेपाल ५ विकेटले विजयी

२०१२ डिभिजन ४ः लिग चरणमा नेपाल ३२ रनले विजयी, फाइनलमा नेपाल ८ विकेटले विजयी

२०१३ डिभिजन ३ः अमेरीका ९४ रनले विजयी

२०१४ डिभिजन ३ः नो रिजल्ट वर्षाले रद्ध

अर्को खेलमा नेपाल डी एलमा १० रनले विजयीः अमेरिका २२३ मा ९ विकेट, नेपाल ७३ मा एक विकेट, बर्षाले खेल २२ ओभरमा झारिएको थियो ।

कमेन्ट गर्नुहोस्