अमेरिकाविरुद्ध नेपालको खराब प्रदर्शन, सस्तैमा गुम्यो ४ विकेट

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा पनि नेपालले सस्तैमा ४ विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा १७ ओभरको अन्तिम बलमा अनुभवी ब्याट्सम्यान पारस खड्कालाई व्यक्तिगत १९ रनमा गुमाएको हो ।

यसअघि नेपालले उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य, कप्तान ज्ञानेन्द्र मल्ललाई २१ र अर्का ओपनर सुवास खकुरेललाई व्यक्तिगत ३ रनमा गुमाइसकेको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका नेपालले यो समाचार तयार पार्दासम्म १९ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर ४८ रन बनाएको छ । जारी सिरिजमा नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका छन् ।

अमेरिकाविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, र सन्दीप लामिछाने ।

 

कमेन्ट गर्नुहोस्