त्रिकोणात्मक सिरिजः अमेरिकाविरुद्ध विनोदको अर्धशतक

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाली टीमका विकेटकीपर–ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक बनाएका छन् । उनले ६२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।

अन्तर्राष्ट्रिय एकविदसीय क्रिकेटमा विनोदको यो पहिलो अर्धशतक हो । टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म ४५ ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको छ ।

याे पनि पढ्नुस  ज्ञानेन्द्रले तोडे विनोदको कीर्तिमान

अमेरिकाविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, र सन्दीप लामिछाने ।

कमेन्ट गर्नुहोस्