इंग्ल्याण्डसँगको टी–२० सिरिजका लागि दक्षिण अफ्रिकाद्वारा टोली घोषणा

काठमाडौंः इंग्ल्याण्डसँगको टी–२० क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिकाले टोली घोषणा गरेको छ । उसले क्विन्टन डीकको नेतृत्वमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

अनुभवी तिव्र गतिका बलर डेल स्टेन लामो समयपछि टीममा फर्किएका छन् । काँधको चोटका कारण लामो समयदेखि उनी टोलीबाट बाहिर थिए । स्टेनले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘कमब्याक’ गर्न लागेका हुन् । उनले अन्तिमपटक मार्च २०१९ मा श्रीलंकाविरुद्ध अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः न्यूजिल्याण्डले दियो इंग्ल्याण्डलाई १७७ रनको लक्ष्य

दक्षिण अफ्रिकाले टी–२० सिरिजमा पनि नियमित कप्तान फाफ डुप्लेसिस र कागिसो रबाडालाई समेटेको छैन् । उनीहरुलाई एकविदसीय सिरिजमा पनि टीममा समावेश गरिएको थिएन । रबाडा र फाफ अहिले विश्राम गरिरहेका छन् ।

दक्षिण अफ्रिकाले टी–२० टीममा पहिलोपटक पीट वान बिलजोन र सिसान्डा मगलालाई मौका दिएको छ । दक्षिण अफ्रिकाले इंग्ल्याण्डसँग १२ फेब्रअुरीदेखि तीन खेलको टी–२० म्याच खेल्ने छ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः न्यूजिल्याण्ड विरुद्धको दोस्रो खेलमा पनि भारत विजयी

इंग्ल्याण्डसँग टी–२० सिरिज खेल्ने दक्षिण अफ्रिकाको टीमः क्विन्टन डीकक, (कप्तान–विकेटकीपर), रीजा हेड्रिक्स, टेम्बा बवुमा, रेसी वान डर डुसेन, डेविड मिलर, पीट वान बिलजोन, ड्वेन प्रिटोरियस, एन्डिले फेहलुकवायो, जोन–जोन स्मट्स, ब्यूरेन हेड्रिक्स, तबरेज शम्सी, लुंगी एन्गिडी, सिसान्दा मगाला, बीजोर्न फार्च्युइन, डेल स्टेन र हेनरिक क्लासेन ।

कमेन्ट गर्नुहोस्