बिकिनी लगाएर घुमेको आरोपमा युवती पक्राउ!

माल्दिभ्समा बेलायती एक महिलालाई बिकिनी लगाएको आरोपमा पक्राउ गरिएको छ । उनी बेलायती पर्यटक हुन् । उनलाई माफुसीस्थित एक आइल्याण्डबाट पक्राउ गरिएको हो । तर ती महिलाले आफूलाई प्रहरीले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । तीनजना प्रहरीमाथि उनले यस्तो आरोप लगाएकी हुन् ।

याे पनि पढ्नुस  यु–१८ साफ च्याम्पियनसिपः नेपाल र माल्दिभ्सबीचको खेल बराबरीमा

घटनापछि महिलालाई प्रहरीले पक्राउ गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । भिडिओमा एक प्रहरीले उनलाई टावेल दिँदै शरीर ढाक्न लगाएको देखिन्छन् । माल्दिभ्स प्रहरीले भने ती महिलालाई पक्राउ गरेकोमा माफी मागेको छ ।

भिडिओमा ती महिला ‘तिमीले मलाई यौन हिंसा गरिरहेका छौ!’ भन्दै चिच्याउँदै गरेको देखिन्छ । त्यस टापुमा बिकिनी लगाउनु गैरकानुनी नभए पनि सरकारले कडाइका साथ प्रतिबन्ध लगाएको थियो । –एजेन्सी

याे पनि पढ्नुस  भलिबल लिग खेल्न प्रतिभा माली माल्दिभ्स प्रस्थान

कमेन्ट गर्नुहोस्