करन केसीले बनाए नयाँ कीर्तिमान

काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी ओमान र अमेरिकासँगको एकविदसीय सिरिजमा नेपाली टीमका बलिङ अलराउन्डर करन केसीले शानदार प्रदर्शन गरिरहेका छन् । उनले ओमान र अमेरिकासँगको दुवै म्याचमा ४–४ विकेट लिइसकेका छन् । पहिलो खेलमा करनले ओमानविरुद्ध ९ ओभरमा ४७ रन दिएर ४ विकेट लिएका थिए ।

करनले आज अमेरिकासँग ७.१ ओभरमा एक मेडनसहित १५ खर्चिदै महत्वपूर्ण ४ विकेट लिए । यो उपलब्धिसँगै करन नेपालबाट एकै ओडीआई श्रृंखलामा सर्बाधिक विकेट लिने खेलाडी बनेका छन् ।

यसअघि यो उपलब्धि सोमपाल कामीको नाममा थियो । उनले गएको वर्ष यूएई विरुद्धको तीन एकविदसीय सिरिजमा २१.३ ओभर बलिङ गरेर १ सय १४ रन दिँदै ७ विकेट लिएका थिए । करनले आज अमेरिकाविरुद्ध जेभियर मार्शल, स्टेभन टेलर, इयान हल्यान्ड र रस्टी थेरनलाई आउट गरेका थिए ।

याे पनि पढ्नुस  नेदरल्याण्ड्सलाई पाँचौ झड्का, करनले लिए २ विकेट (LIVE)

अमेरिकाविरुद्ध नेपाल विजयी

त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपाल ३५ रनले विजयी भएको छ । नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ४४‍.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । उसका लागि इयान हल्यान्डले सर्बाधिक ७५ रन बनाए ।

बलिङमा नेपाली टीमका करन केसीले ४, सुशन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनायो । उसका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए । मल्लले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । उनको यो डेब्यू म्याच हो ।

याे पनि पढ्नुस  अमेरिकालाई नवौं झड्का, विस्फोटक ब्याट्सम्यान करनको सिकार

कुशल सर्वाधिक सानो उमेरमा डेब्यू म्याचमै अर्धशतक पूरा गर्ने विश्वकै पहिलो खेलाडीसमेत बनेका छन् । उनले १५ वर्षकै उमेरमा ओडीआई क्रिकेटको डेब्यू म्याचमै अर्धशतक बनाएका हुन् । यस्तै नेपालका लागि आज विनोदले ७९ बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध करनले लिए पहिलो ओभरमै विकेट

कप्तान ज्ञानेन्द्र मल्ल २१, पारस खड्का १९, करन केसी १२ र सुशन भारी ११ रनमा आउट भए । नेपालका अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा अमेरिकन टीमका क्यामरन स्टीभेन्सनले सर्बाधिक ३ विकेट लिए । नेपालले सिरिजको तेस्रो खेलमा आइतबार फेरि ओमानको सामना गर्दै छ । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्