चीनमा कोरोना भाइरसः ८ सय ११ को मृत्यु, अफवाह नफैलाउन डब्लूएचओको चेतावनी

काठमाडौंः चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ। भाइरसका कारण शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ।

चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको जनाएको छ। त्यस्तै थप २ हजार ६ सय ५६ जना नया संक्रमणका बिरामी फेला परेको जनाएको छ। चीनमा डिसेम्बरको अन्त्यमा फैलिएको संक्रमणका कारण अहिलेसम्म २ जना विदेशी नागरिकको पनि ज्यान गएको छ।

याे पनि पढ्नुस  कोरोनाका कारण अमेरिकामा थप चारजना नेपाली भाषीको निधन

अमेरिका र जापानले आफ्ना नागरिकको चीनमा उक्त भाइरसका कारण ज्यान गएको पुष्टि गरेका छन्। त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।

याे पनि पढ्नुस  प्रवासी नेपाली एकता मञ्च ओमन बैठकः कोरोनादेखि नयाँ नक्साबारे छलफल

सहि जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताए।

उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगायतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो।

याे पनि पढ्नुस  ‘नेपालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएकामा सङ्क्रमणको जोखिम देखिएन’

कमेन्ट गर्नुहोस्