ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, कमल ऐरीको डेब्यू

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत ओमानविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र ओमानबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुँदैछ ।

आजको खेलमा नेपाली टीमका युवा तिव्र गतिका बलर कमलसिंह ऐरीले डेब्यू गर्ने भएका छन् । उनले अविनाश बोहरालाई रिप्लेस गर्दै डेब्यू गरेका हुन् । ओमानविरूद्धको खेलबाट यो सिरिज सुरूवात गरेको नेपाल पहिलो खेलमा नै १८ रनले पराजित भएको थियो ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध करनले लिए पहिलो ओभरमै विकेट

टी–२० विश्वकपमा स्थान बनाएको ओमानविरुद्ध नेपालले सन् २०१३ यता जित हासिल गर्न सकेको छैन । नेपाल आज ओमानविरुद्ध उत्रदा सात वर्षपछि जित निकाल्ने लक्ष्यमा हुनेछ ।

लिग २ मा ६ म्याच खेलेको ओमान चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अमेरिका शीर्ष स्थानमा हुँदा समान अंक भए पनि रनरेटमा ओमान दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा लगातार २ खेलमा जित निकालेको ओमान आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । उसले अमेरिकालाइ पनि ६ विकेटले हराएको थियो ।

याे पनि पढ्नुस  ओमानविरुद्ध कुशलले दिलाए नेपाललाई पहिलो सफलता

जारी सिरिजमा नेपालले अमेरिकालाई हराउँदै जित सुरुवात गरेको छ । शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । आज पनि नेपाल जितकै लक्ष्यका साथै मैदान उत्रिने छ ।

ओमानविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने ।

याे पनि पढ्नुस  बंगलादेशलाई चौथो झड्का, कमललाई दोस्रो सफलता

बेन्चः रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अविनाश बोहरा ।

कमेन्ट गर्नुहोस्