लड्डु मात्र खान दिएको भन्दै श्रीमानले सम्बन्धबिच्छेद मागेपछि…

काठमाडौंः सम्बन्ध विच्छेद बिभिन्न कारणहरुले गर्दा हुने गर्दछ। तर कुनै सम्बन्ध बिच्छेदका घटनाहरु अचम्म र अनौठो तरिकाले भएका छन्। यस्तै एउटा अनौठो एउटा घटना भारतको उत्तर प्रदेश स्थित मरेठ जिल्लामा पनि भएको छ। जहाँ श्रीमतीले लड्डु मात्र खान दिएको भन्दैश्रीमानले सम्बन्ध विच्छेदको निवेदन दिएका छन्। मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका ४ वटा लड्डु मात्र खान दिएको भन्दै पतिले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्।

श्रीमानले लड्डुका अलावा अन्य केही खानेकुरा नदिएको आरोप लगाउँदै श्रीमानले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको खबर भारतीय सञ्चारमाध्यामहमा प्रकाशित छ। श्रीमानका अनुसार अन्धधविश्वास तथा तान्त्रीकले भनेकै कारण पत्नीले बिहान ४ वटा लड्डु तथा बेलुका ४ वटा लड्डु मात्र खान दिएको उनको आरोप छ।

पति केही समय पहिले बिमारी भएका कारण पत्नीले तान्त्रीकलाई देखाएको र तान्त्रीकले नियमित लड्डु ख्वाउन सल्लाह दिएकोले पत्नीले यस्तो गरेको उनले बताएका छन्। मेरठ फैमिली कोर्टका काउन्सिलरका अनुसार, यो मामिला सुनेर आफूहरू नै हैरान रहेको र आफूहरूले यी दुईलाई सुझावका लागि बोलाए पनि उनीहरूको अन्धविश्वासको उपचार गर्न नसक्ने बताएका छन्। दुवैको विवाह भएको १० वर्ष भइसकेको छ। उनीहरूका तीन बच्चा पनि छन्।

कमेन्ट गर्नुहोस्