सभापति देउवासँग पश्चिम सेती अभियन्ताको भेट, संसदमा कुरा उठाउने प्रतिवद्धता

काठमाडौं: सुदूरपश्चिममा प्रस्तावित पश्चिम सेती जलविद्युत् परियोजनालाई छिटो बनाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

काठमाडौं केन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढी’का अभियान्ताले पश्चिम सेतीका लागि आवाज उठाउन सभापति देउवासँग आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  कांग्रेस संसदीय दलको नेतामा पाण्डे चयन

सुदूरपश्चिमबाट उदाएर केन्द्रीय राजनीतिमा सक्रिय रहेका देउवालाई भेटेर पश्चिम सेतीबारे आवाज उठाउन माग गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए । भेटमा देउवालाई अनुरोधपत्र समेत बुझाइएको छ ।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ । पश्चिम सेतीको अन्योलका कारण स्थानीय गाउँहरू विकासबाट वञ्चित रहेको गुनासो गरिएको छ ।

कमेन्ट गर्नुहोस्