जीवनदान पाएका अकिबको उत्कृष्ट ब्याटिङ, दबाबमा नेपाल

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा ओमान टीमका अकिब इल्यासले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

३७ रन बनाएको अवस्थामा जीवनदान पाएका उनी नेपाली बलरलाई दबाबमा राख्न सफल भएका छन् । अकिब ३७ रन बनाएको अवस्था आरिफ शेखले क्याच छुटाएका थिए ।

याे पनि पढ्नुस  ओमानसँग सन्दीप नै पिटिएपछि....

यो समाचार तयार पार्दासम्म ओमानले ३५ ओभरमा २ विकेट गुमाएर १ सय ६९ रन बनाइसकेको छ । यो अवस्थामा उसका लागि अकिब इल्यासले ७२ र जीशान मक्सूदले २७ रन बनाएर खेलिरहेका छन् ।

यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । उनले ७६ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ५६ रनको योगदान दिए ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपाललाई आज बदला लिने मौका, सम्भावित प्लेइङ ११

यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख, कुशल मल्लले २८–२८, सुवास खकुरेलले २२, करण केसीले १० र सन्दीप लामिछानेले १० र कमलसिंह ऐरीले नटआउट ९ रन बनाए । बलिङमा ओमान टीमका अकिब इलायसले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्