काठमाडौंः उपचारार्थ महिलामाथि करणी गरेको आरोपमा प्रहरीले एक पुनः स्थापना केन्द्रकै गार्डलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानिनिलकण्ठ–६ बिष्णुमतीमा रहेको ‘हाम्रो फेलोसिप पुनःस्थापना केन्द्र’मा सुरक्षा गाडको काम गर्ने नुवाकोट बेलकोटगढी–१२ का बिशाल भनिने रमेश प्रसाद वाग्ले रहेका छन् ।
उक्त केन्द्रमा उपचारार्थ रहेकी पीडितलाई वाग्लेले एकान्तमा बोलाई सम्झाउने बहानाले अश्लिल हर्कत गर्ने, संबेदनशिल अंग छुनेलगायतका हर्कत गर्दै आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनलाई करणी उद्योग गर्ने मद्दामा अनुसन्धान एवं कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।