फोटो पत्रकार कैलालीको अध्यक्षमा पुजारा

धनगढीः नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा पाण्डव पुजारा चयन भएका छन् ।

पुजाराको अध्यक्षतामा चयन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा गगन अयडी, सचिवमा दिनेश बहादुर बिष्ट, सह सचिवमा डिल्लीराज ओझा (समर्पण), कोषाध्यक्षमा बसन्ती देउवा र सहकोषाध्यक्षमा केशब सिह धामी चयन भएका छन् ।

याे पनि पढ्नुस  फोटो खिच्न गएका पत्रकारलाई कैदीबन्दीले लखेटेपछि...

सदस्यमा दिपेन्द्र ओली, योगेन्द्र नायक, जिवन बिष्ट र मनिसा श्रेष्ठ चयन भएका छन् ।

अध्यक्ष पुजाराले सुदूरपश्चिम प्रदेश पर्यटकीय हिसावले सुन्दर भएकाले कार्यसमितिले पर्यटकीय स्थललाई प्रचार प्रसार र पर्यटन प्रवर्द्दनमा जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्