काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१० विश्वकपको फाइनलमा भारतीय टीमले बंगलादेशलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको भारतले ४७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन बनायो ।
उसका लागि यसस्वी जयसवालले उत्कृष्ट ब्याटिङ गरे । उनले १२१ बलमा १ छक्का र ८ चौका प्रहार गर्दै ८८ रन बनाए ।
यस्तै तिलक बर्माले ३८ र ध्रुव जुरेलले २२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा बंगलादेशी टीमका अभिष्यक दासले ३, शरीफुल इश्लाम, तन्जिम हसन शकीबले २–२ र रकिबुल हसन ले एक विकेट लिए । भारतले हालसम्म चार पटक यू–१९ विश्वकपको उपाधि जितेको छ । बंगलादेश भने हालसम्म उपाधिविहीन रहेको छ । बंगलादेश विश्वपको फाइनलमा पुगेको नै पहिलो पटक हो ।
भारतले २००० मा मोहम्मद कैफको कप्तानीमा, २००८ मा विराटको कोहलीको कप्तानीमा, २०१२ मा उन्मुक्त चन्द र २०१८ मा पृथ्वी शाको कप्तानीमा भारतले यू–१९ विश्वकप जितेको थियो ।