काठमाडौंः बंगलादेशसँगको टेष्ट सिरिजमा पाकिस्तानी टीमका तिव्र गतिका बलर नसीम शाहले ‘ह्याट्रिक विकेट’ लिएका छन् ।
१६ वर्षीय शाहले आज बंगलादेशसँगको टेष्ट म्याचको दोस्रो इनिङ्समा ‘ह्याट्रिक विकेट’ लिएका हुन् ।
उनले महमूदुल्लाह, तजिउल इश्लाम र नजिमूल हुसैनलाई आउट गर्दै ‘ह्याट्रिक विकेट’ विकेट पूरा गरे । अन्तर्राष्ट्रिय क्रिकेट करियरमा नसीमको यो पहिलो ह्याट्रिक हो ।