इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’मा अनुश्मा

काठमाडौंः इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् ।

मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा मिडियाले रायमाझीलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को क्राउन समेत लगाइदिएको छ ।

रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनले उनलाई ताज लगाइदिएकी थिइन् । प्रतियोगितामा ६० भन्दी बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ ।

रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्