बेलायतमा शक्तिशाली आँधी र वर्षाः उडान रद्द, रेल सेवा प्रभावित

बीबीसीः बेलायतमा शक्तिशाली आँधी र वर्षाका कारण आवतजावतमा अवरोध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

बेलायतका एयरलाइन्सहरुले दर्जनौं आन्तरिक र बाह्य उडान रद्द गरेको छ भने रेल कम्पनीले यात्रा नगर्न आग्रह गरेका छन् ।

फेरीका यात्रुले पनि ढिलाइको सामना गर्नु परेको छ भने केही फेरीहरुले यात्रा रद्द गरेका छन् । फेरीका चालकहरुलाई विशेष सावधानी अपनाउन चेतावनी दिइएको छ । आँधीसँगै वर्षा पनि भइरहेको छ ।

याे पनि पढ्नुस  नारायणीको सतहले खतराको विन्दु पार गर्यो, सतर्क रहन दाहालको आग्रह

बेलायतमा बाढी आउनसक्ने भन्दै दुई सयभन्दा बढी चेतावनी दिइएको छ । खराब मौसमका कारण विभिन्‍न खेलकुदका इभेन्ट पनि रद्द गरिएका छन‍् ।

कमेन्ट गर्नुहोस्