बंगलादेशले जित्यो पहिलोपटक यू–१९ विश्वकपको उपाधि

काठमाडौंः दक्षिण अफ्रिकामा भएको आइसीसी यू–१९ विश्वकपको उपाधि बंगलादेशले जितेको छ । आज भारतीय टीमलाई डक वर्थ लेविस (डीएल) पद्धतिको आधारमा ३ विकेटले हराउँदै बंगलादेशले पहिलोपटक यू–१९ विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४१ ओभरमा १ सय ६३ रन बनाउन ७ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । जसका कारण डकवर्थ लेविस पद्धतिको आधारमा जितको बंगलादेशले ४६ ओभरमा १ सय ७० रन बनाउनु पर्ने भएको थियो । उक्त लक्ष्य बंगलादेशले ४२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्दै च्याम्पियन बनेको हो ।

याे पनि पढ्नुस  यू–१९ विश्वकपः पाकिस्तानलाई हराउँदै भारत फाइनलमा प्रवेश

उसका लागि परवेज हुसेन इमोनले ४७, कप्तान अकबर अलिले अविजित ४३, तनजिद हसनले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा भारतीय टीमका रवि बिश्नोईले ४, सुशान्त मिश्रामले २ र यशस्वी जयस्वालले एक विकेट लिए ।

याे पनि पढ्नुस  यू–१९ विश्वकपः जापानको नाममा बन्यो खराब कीर्तिमान!

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले ४७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि यसस्वी जयसवालले उत्कृष्ट ब्याटिङ गरे । उनले १२१ बलमा १ छक्का र ८ चौका प्रहार गर्दै ८८ रन बनाए ।

याे पनि पढ्नुस  यो ‘रन आउट’को फैसला गर्न तीन अम्पायरलाई लाग्यो ५ मिनेट समय!

यस्तै तिलक बर्माले ३८ र ध्रुव जुरेलले २२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा बंगलादेशी टीमका अभिष्यक दासले ३, शरीफुल इश्लाम, तन्जिम हसन शकीबले २–२ र रकिबुल हसनले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्