पपुआ न्युगिनीमा भूकम्प

सिड्नीः पपुआ न्यु गिनीमा आइतबार ६।२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । युएसजीएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समयअनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अष्ट्रेलियाली भूगर्भविद् ट्रेभर आलेनले भूकम्पको गहिराइ कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महसुस गरेको हुन सक्ने बताए ।

मानवबस्ती पातलो रहेको र घरहरूको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो।

कमेन्ट गर्नुहोस्