सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा

काठमाडौंः अस्ट्रेलियाको सिड्नीमा भारी वर्षा भएको छ । सिड्नीमा पछिल्लो ३० वर्ष यताकै ठूलो वर्षा भएको हो । लगातारको वर्षाका कारण सिड्नीका विभिन्न क्षेत्रमा बाढी आएको छ ।

आवतजावतमा समस्या भएको छ भने हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् । पछिल्लो चार दिनमा सिड्नीमा ३९१.६ मिलिलिटर पानी परेको राज्यको मौसम विभागले जनाएको छ । लगातारको वर्षा जारी रहेकाले ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

याे पनि पढ्नुस  भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट जोगिन मौसमविद्को आग्रह

बाढीका कारण एक लाख भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । तर वर्षाले पछिल्लो केही महिनादेखि गम्भीर नोक्सानी गर्ने गरी फैलिएको डढेलो भने निभाएको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्समा भीषण आगलागी भएको थियो । अहिले पनि न्यू साउथ वेल्सका ३१ स्थानमा डढेलो कायम छ, तर ती जोखिमपूर्ण भने नरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्