कुकुर बचाउन खोज्दा सेती खोचमा, यसरी गरियो उद्दार (फोटो फिचर)

पोखराः पोखराको सेती नदीको खोचमा अड्किएका एक युवालाई प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरीको गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको उद्दार समूहले सकुशल उद्दार गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्वर ९ पार्वती टोल स्थित रहेको सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।

याे पनि पढ्नुस  नेपाल-भारत सीमामा झडप, सशस्त्र प्रहरीमाथि हँसिया प्रहार

खोचमा खसेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात् तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समुह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो ।

प्रहरीले गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो । उद्दार गरिएका गुरुङको अवस्था सामान्य रहेको छ ।

याे पनि पढ्नुस  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

कमेन्ट गर्नुहोस्