पूर्वसचिवकी श्रीमतीको पनि मृत्यु, आक्रमणपछि कामदारले आत्महत्या गरेको आशंका

काठमाडौंः घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको पनि मृत्यु भएको छ ।

सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्वसचिव कार्की सोमबार बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

याे पनि पढ्नुस  पानी जमेको खाल्टोमा डुबेर दुई बालकको मृत्यु

कार्कीको घरमा कामदारका रूपमा २२ वर्षीय विजय चौधरी कार्यरत थिए । उनी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको कारण चौधरीले मुनाको हत्या प्रयासपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले बताए ।

याे पनि पढ्नुस  भक्तपुरमा मध्यराति कार दुर्घटनाः युवतीको मृत्यु, तीन घाइते

कमेन्ट गर्नुहोस्